Logo

दिल्लीमा बढेको वायुप्रदूषणको असर नेपालमा पनि पर्ने



एजेन्सी – वायुप्रदूषणले भारतको राजधानी दिल्लीलाई संकटमा पुर्‍याएको छ । वातावरणमा विषालु हावा फैलिएपछि यहाँ ’स्वास्थ्य सङ्कटकाल’समेत घोषणा गरिएको छ । प्रदुषणबाट बच्न दिल्लीस्थित राज्य सरकारले ५० लाख मास्क वितरण गरेको थियो ।

बीबीसीले जनाए आुसार दिल्लीका छिमेकी राज्य हरियाणा र पन्जाबमा अन्नबाली भित्र्याएका किसानले खेतमा आगो लगाएपछि यहाँको वायुप्रदूषणले सीमा नाघेको हो । प्रदूषण बढ्नुको कारण यो मात्र नभएर, भर्खरै सकिएको दीपावलीमा अधिक पटाका पड्काइएकै कारण पनि यहाँको वायु प्रदूषण बढेको वातावरणविद्हरुले अनुमान लगाएका छन् ।

दिल्लीमा बढेको वायुप्रदूषणले नेपालसम्म असर पार्ने बताइएको छ । पश्चिमी वायुको प्रभावले दिल्लीको प्रदूषण नेपालसम्म आइपुग्ने विज्ञहरू बताएका छन्। दिल्लीमा बढेको प्रदूषणका कारण लुम्बिनी, सौराहा लगायतका क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्ने देखिएको बीबीसीले जनाएको छ । यही कारण हिउँद र सुक्खा याममा यो क्षेत्रको वायु अत्याधिक प्रदूषित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्