वडा कार्यलय सार्ने निर्णयले विवाद

धनगढी । धनगढी उपमहानगरपालिकाको ७ नम्बर वडा कार्यालय सार्ने विषयमा विवाद भएको छ । हुलाकी राजमार्गको मनहेरामा रहेको वडा कार्यालय देवरिया (जाखोर) तालको शिव माध्यामिक विद्यालयको जमिनमा सार्ने वडा कार्य समितिले निर्णय गरेपछि विवाद सुरु भएको हो।
वडा कार्यालय सार्न नहुने भन्दै आइतबार संघर्ष समिति समेत गठन गरिएको छ । स्थानीय मोती राना थारुको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरिएको हो । हुलाकी सडक क्षेत्रबाट वडा कार्यालय नसार्न संघर्ष समितिले आग्रह गरेको छ । समितिले हुलाकी राजमार्गसँग जोडिएको कालिका मन्दिरको जमिनमा वडा कार्यालयको भवन निर्माण गर्न माग गरेको छ।
वडाध्यक्षले छलफ नगरी वडा कार्यालय स्थानान्तरण गर्न खोजेको आरोप उनले लगाएका छन् । विद्यालयले वडा कार्यालय, स्वास्थ्य कार्यालय, जेष्ठ नागरिकका लागि भवन निर्माणका लागि जमिन दिने वडा कार्यालयसँग सहमती गरेको छ । मुख्य सडकमा नै वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने संघर्ष समितिको माग छ ।
वडाध्याक्षले सीताराम रानाका अनुसार कालिका मन्दिर व्यवस्थापन समितिको शर्त पूरा गर्न नसकिने भएपछि कार्यालय जाखोर तालमा सार्न लागिएको हो । शिव माध्यमिक विद्यालयले निःशुल्क जमिन दिने निर्णय गरेपछि वडा कार्यालय सार्ने निर्णय गरेका हो ।
