Logo

प्रदेश १ बाट सुरु भयो लैंगिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान



विराटनगर, १८ कात्तिक । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले लैंगिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान प्रदेश १ बाट सुरु गरेको छ । लैंगिक हिंसाको अन्त्य तथा लैंगिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरु समेट्दै हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिद्वारा लैंगिक हिंसामुक्त राष्ट्र निर्माण गर्ने आधार तयार गर्न मन्त्रालयले सो अभियान सुरु गरेको हो ।

प्रदेश १ का सबै स्थानीय तहका प्रमखु र उपप्रमुखलाई विराटनगरमा भेला गरी अभियानको विषयमा जानकारी र प्रशिक्षण दिदै मन्त्रालयले यसको सुरुवात गरेको छ । देशव्यापी रुपमा लैंगिक हिंसामुक्त देश निर्माण भन्ने मूल नाराका साथ देशव्यापी रुपमा लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले लैंगिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान प्रदेश १ बाट सुरु गरेको छ । लैंगिक हिंसाको अन्त्य तथा लैंगिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरु समेट्दै हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिद्वारा लैंगिक हिंसामुक्त राष्ट्र निर्माण गर्ने आधार तयार गर्न मन्त्रालयले सो अभियान सुरु गरेको हो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा मन्त्रालयले सो अभियान सुरु गरेको मन्त्रालयले जानकारी दिएको छ । । लैंगिक हिंसाविरुद्धको अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि सुरु भई डिसेम्बर १० सम्म १६ दिन सम्पन्न हुने गरेको छ । अभियान मुख्यगरी घरेलु हिंसा, वैदेशिक रोजगारसँग सम्बन्धित हिंसा, मनोरञ्जन क्षेत्रमा कार्यरत महिलासँग सम्बन्धित, यौन हिंसा तथा दुव्र्यहार, कार्यस्थलमा हुने यौनजन्य हिंसा, सामाजिक सञ्जालको दुरुपयोगबाट हुने हिंसा, अन्धविश्वास, कुरीति, कुसंस्कार अन्त्य गर्ने विषयमा केन्द्रित हुनेछ ।

महिलाको सवालमा विभिन्न समयमा भएका उपलब्धिपूर्ण दिनको स्मरणमा गर्दै २०७६ जेठ ६ गतेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष जेठ १६ का दिन राष्ट्रिय महिला अधिकार दिवस मनाउने र यस वर्ष २०७६÷७७ लाई लैंगिक हिंसाविरुद्धको अभियान वर्षका रुपमा संघ, प्रदेश र स्थानीय तहले अभियान कार्यक्रम सञ्चालन गरी मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्