पाँच लाख घुस सहित ईन्जिनियर पक्राउ

काठमाडौं, १९ कात्तिक । टोखा नगरपालिकाका ईन्जिनियर दिनेश कुमार पाठक र लेखापढी व्यवसायी जयराम तिमिल्सिना घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनीहरुले लायन्स ईन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.का ओभरसियर प्रशान्त चौधरीसंग मिले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने भन्दै सेवाग्राहीसंग पाँच लाख रुपैयाँ घुस लिएको खुलेको छ ।
घुस माग गरेको विशेष सूचनाको आधारमा उनीहरुलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । उनीहरुमाथि भ्रष्टाचारको आरोपपत्र दायार गरी अनुसन्धान थालिएको छ ।
