Logo

निजामती सेवामा ३७ प्रतिशत महिला



काठमाडौँ, कात्तिक २० गते । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गएको आर्थिक वर्ष २०७५/७६ मा आयोगबाट सम्पादन भएका कार्यहरूको विवरण प्रतिवेदन प्रस्तुत गर्दै स्थायी निजामती सेवामा महिलाको प्रवेश बढको उल्लेख गरएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा अध्यक्ष मैनालीले यस्तो प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी, लोक सेवाबाट सञ्चालित परीक्षामा सामेल भएर उत्तीर्ण हुनेमा प्रदेश २ का युवाहरुको प्रतिशत उच्च रहेको पनि प्रतिवेदनल देखाएको छ ।

विगतमा जस्तै गएको यो वर्ष पनि खरिदार पदमा सबैभन्दा बढी दरखास्त परेको छ । भूगोलका हिसाबले प्रदेश २ का पाँच जिल्ला सर्लाही, सप्तरी, धनुषा, बारा, महोत्तरी र सिराहबाट सबैभन्दा बढी दरखास्त परेको देखिन्छ । यस अवधिमा स्थायी ठेगाना प्रदेश २ का उम्मेदवार सबैभन्दा बढी २० प्रतिशत स्थायी सेवाका लागि सिफारिस भएका छन् ।

कुल दरखास्त दिनेमध्ये प्रदेश २ बाट दरखास्त दिनेको सङ्ख्या २९ प्रतिशत रहेको तथ्याङ्क आयोगसँग छ । सबैभन्दा कम उम्मेदवारी मनाङ, मुस्ताङ, रसुवा, नवलपरासी ९पश्चिम० र डोल्पा जिल्लाबाट परेको छ । २१ देखि २५ वर्ष उमेर समुहका युवाले सबैभन्दा बढी दरखास्त दिएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा भएका विज्ञापनमध्ये न्याय सेवा कानुन समूहको उपसचिव (दलित समावेशी समूह) पदका लागि भएको विज्ञापनमा कुनै पनि दरखास्त परेको थिएन ।

समावेशी प्रतियोगितातर्फ कुल एक हजार ८८३ जना (कुल सिफारिसको ४१ प्रतिशत) उम्मेदवार सिफारिस भएको प्रतिवेदनमा उल्लेख छ । स्थानीय तहका लागि विभिन्न सेवा र तहका नौ हजार एक ६१ पदका लागि विज्ञापन भएकोमा पाँच लाख २८ हजार ९६८ जनाको दरखास्त परेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले बताए अनुसार, सुरक्षा निकाय तथा सङ्गठित संस्थाका तर्फबाट भएको विज्ञापनबाट ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्