Logo

भारतको नयाँ नक्साविरुद्ध प्रदर्शन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतको नयाँ नक्साविरुद्ध प्रदर्शन गर्ने भएको छ । भारतद्वारा भर्खरै सार्वजनिक राजनीतिक नक्सामा नेपाली भूभाग पनि समावेश गरिएका कारण विरोध प्रदर्शन गर्न लागिएको विद्यार्थी नेताहरुले बताएका छन् । भारतले नयाँ राजनीतिक नक्सामा नेपालका कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको छ । ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको हो ।

भारतले पाकिस्तान प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नक्सामा समेटेको छ । भारतले जम्मु कश्मीर र लद्दाखलाई दुई प्रदेश बनाएर नक्सा जारी गरेको हो। पाकिस्तान प्रशासित कश्मीर पनि भारतको नयाँ नक्सामा परेको हुँदा पाकिस्तानले निरन्तर विरोध गर्दै आएरहेको छ । उसले त्यो नक्सा मान्य नहुने भन्दै संयुक्त राष्ट्रसंघमा जाने चेतावनी समेत दिएको छ । नेपालले भने अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्