लोकसेवा आयोगको परिक्षामा लेखाइ कस्तो हुनुपर्ला ? एक गजल

शाखा अधिकृत , नेपाल सरकार
पहिलो कुरा आफैमा पुर्ण, आत्मबिश्वास हुनुपर्छ,
लेखन शैली अनि, लेख्ने ढाचा खास हुनुपर्छ !!
मन रिझाउन सक्नुपर्छ, शब्द अनि भाबबाटै,
जाचकिलाई अरे वाह ! भन्ने आभाष हुनुपर्छ !!
बहकिनु हुन्न भाबनामा धेरै, उत्तर लेख्दा खेरि ,
प्रश्नले मागेको उत्तरकै, आसपास हुनुपर्छ !!
शिलशिलेवार हुनुपर्छ लेखाइ, सुन्दर अक्षरमा,
शुद्ध सरल र छोटा, वाक्य संगै मिठास हुनुपर्छ !!
एकैपटक परिक्षामा, लेख्न थाल्दा गार्हो हुन्छ,
नमुना प्रश्नको उत्तर लेख्ने, अभ्यास हुनुपर्छ !!
छुट्नु हुन्न कुनै प्रश्न, तोकिएको समय भित्र ,
उत्तरको प्रारम्भ अनि निश्कर्ष झकास हुनुपर्छ !!
