घुस लिदै गर्दा अख्तियारको फन्दामा
काठमाडौं, २४ कात्तिक । जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटका नायब सुव्बा रमेशकुमार खड्का घुससहित पक्राउ परेका छन्। नायब सुव्बा खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध नगराई १५ हजार रकम लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ परेको हो । उनले ग्राहकसँग ६० हजार घुसको बार्गेनिङ गरेका थिए ।
नासु खड्कालाई १५ हजार घुस रकम माग लिइरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका १ खलंगास्थित राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
