सामाजिक सञ्जाल प्रयोग गर्न पनि तालिम
काठमाडौं, २४ कात्तिक । सरकारले प्रदेशसभा सदस्यहरुलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनु पर्ने सजगता बारे सिकाउन विराटनगरमा तालिम आयोजना गरिएको छ । तालिम संसद् सहयोग परियोजनाको सहयोग तथा इनोभेटिभ भिजनद्वारा आयोजिन गरीएको हो ।
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीका अनुसार सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने हुन्छ ।उनले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्ने भन्दै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु नहुने बताए । दुई दिन सम्म चल्ने यो तालिममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता रहेको छ ।
