के हो सार्वजनिक नीति ? यसलाई सफल र प्रभावकारी बनाउन के गर्नुपर्छ ? -सहसचिव टोकराज पाण्डे
सार्वजनिक नीति भन्नाले के बुझिन्छ ? सार्वजनिक नीतिलाई सफल र प्रभावकारी बनाउन के कुरामा ध्यान दिनुपर्छ ? आफ्नो राय प्रस्तुतगर्नुहोस् । (४+६) = १०
सार्वजनिक नीति:
सार्वजनिकनीति भनेको सरकारले के गर्ने वा के नगर्ने भन्ने सम्बन्धमा गरेको सार्वजनिक घोषणा वा प्रतिवद्धता हो । यो सार्वजनिक सरोकारका समस्याहरुको समाधानगर्न वा अवसरहरुको उपयोग गर्न सरकारले तय गरेको बाटो हो । त्यसैले सार्वजनिक नीतिलाई सरकारको पूर्वनिर्धारित कार्यदिशा भन्ने गरिन्छ । यो भविश्योन्मुख हुन्छ । यसले सरकारका लक्ष्य तथा उद्धेश्यहरुको कार्यान्वयन गराउने माध्यमको रुपमा काम गर्छ । यो जनता र सरकारलाई आपसमा भेट गराउने योजक हो । यस्तो सार्वजनिकनीति लिखित, मौखिक वा सांकेतिक हुन सक्छ । सरकारात्मक वा नकारात्मक प्रकृतिको हुन सक्छ ।

सार्वजनिकनीतिले सार्वजनिक सरोकारको विषयवस्तु समेटेको हुन्छ । यो अधिकार प्राप्त अधिकारी वा संस्थाद्धारा स्वीकृत भएको हुन्छ र वाध्यकारी हुन्छ । त्यसैले सार्वजनिक अधिकारीले आम जनसरोकारको विषयमा गरेका सबै निर्णहरु सार्वजनिकनीति हुन् । यसमा सरकारद्धारा मुलुकको राननीतिक, आर्थिक तथा समाजिक मामिलाहरुको व्यवस्थापनका लागि तर्जुमा र कार्यान्वयन गरिएका संविधान, ऐन, नियम, नीति, निर्देशिका, कार्यविधि, योजना, कार्यक्रम, निर्णय, आदेश, परिपत्र आदि सबै पर्दछन् ।
सार्वजनिकनीति क्षेत्रका हिसावले कुनै वर्ग, समूहवा स्थान विशेषको वा क्षेत्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरको हुन सक्छ । योराजनीतिक प्रणाली, आर्थिक अवस्था र सामाजिक–सांस्कृतिकमूल्य मान्तयताबाट प्रभावित हुन्छ ।
सफल सार्वजनिकनीति:
सफल र प्रभावकारी सार्वजनिक नीति त्यो हो जस्ले निर्धारित लक्ष्यतथा उद्देश्य प्राप्त गर्दै सरोकारवाला वर्ग/समूहमा अपेक्षित प्रभाव पार्न सक्छ । धेरै सार्वजनिकनीतिहरु पढ्दा र सुन्दा राम्रालागे पनि तिनको कार्यान्वयन भएपनि अपेक्षित प्रतिफल दिन नसकेर असफल हुने गर्दछन् । सार्वजनिकनीतिको सफलता र प्रभावकारिताका निमित्त तिनको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन प्रक्रियाका सबै चरणहरुमा देहाय अनुसार गरिनु पर्छः
- विश्वसनीयर भरपर्दो तथ्यांकका आधारको विकास र प्रयोग गर्ने,
- पर्याप्त विकल्पहरुको पहिचान रविश्लेषण गरी उत्तम नीति विकल्पको छनौट गर्ने,
- यथार्थपरक र कार्यान्वयन योग्य लक्ष्य तथा उद्देश्यहरु निर्धारण गर्ने,
- तर्जुमा र कार्यन्वयन काक्रममा सरोकारवालाको सक्रिय सहभागिता गराउने,
- कार्यान्वयनपूर्व सरोकारवाला बीच यथेष्ट संचार र सचेतीकरण गर्ने,
- उपलब्ध स्रोतसाधन, समय र क्षमताले धान्ने किसिमको नीतितर्जुमा,
- सामाजिक/सांस्कृतिक मूल्यमान्यतासंग बेमेल नहुने किसिकको नीतिविकल्प छनौट गर्ने,
- कार्यान्वयन र अनुगमन तथा मूल्यांकको स्पष्ट जिम्मेवारी, समयसीमा र स्रोतसाधन तोकिएको नीति कार्यान्वयन कार्ययोजना सुरुमै तर्जुमा गरी कार्यान्वयनमा लाने,
- कार्यान्वयन निकायहरुको क्षमता विकासमा उचित ध्यान दिने,
- तर्जुमा र कार्यान्वयनका क्रममाअन्य नीतिहरुसंग सामञ्जस्यता कायम गर्ने,
- कार्यान्वयनको समन्वयगर्न उपयुक्त संयन्त्रको व्यवस्था गर्ने,
- कार्यान्वयनको क्रममा नियमित अनुगमन गरी आवश्यक सुधारात्मक कदम चाल्ने,
- कार्यान्वयनको उपलब्धी र प्रभाव मूल्यांकन गरी पृष्ठपोषण प्राप्त गर्ने ।
सारांशमा,
सरकारले मुलुकको समृद्धि र नागरिकको हित अभिवृद्धि गर्न सार्वजनिक प्रतिवद्धताका रुपमा सार्वजनिकनीतिहरु जारी गर्दछ । तर यस्ता नीतिहरु सफलर प्रभावकारी हुन यथेष्ट अध्ययनका आधारमा यथार्थपरक लक्ष्यतथा उद्देश्य राखेर सहभागितामूलक ढंगले तर्जुमा गरी स्पष्ट कार्ययोजना सहित कार्यान्वयनमा लगिनु आवश्यक हुन्छ ।
