Logo

लोकसेवा विशेषः समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर




१) चर्चित अनलाइन खेल Player Unknown’s Battle Ground (PUBG) का डिजाइनर को हुन् ?
– ब्रेन्डन ग्रीन

२) साहित्य तर्फको नोबेल पुरस्कार पाउने पहिलो अश्वेत महिला टोनी मरिसनले कुन कृतिका लागि नोबेल पुरस्कार प्राप्त गरेकी थिइन ?
– बिलोभेड
(नोट – साहित्यकार मोरिसनको निधन सन् २०१९ को अगस्ट ६ मा भयो ।)
३) ‘फेदोर’ के हो ?
( पहिलो मानवाकृत रोबोट, मानिसझैं यताउता हिड्ने र वरपरका सामान ल्याउने कार्य गर्दछ ।
(नोट – रुसले उक्त रोबोटलाई सन् २०१९ अगस्ट २७ मा अन्तरिक्ष केन्द्रमा अवतरण गराएको थियो ।)
४) बि.स. २०७६ सालको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (५ लाख राशी) कसलाई प्रदान गरियो ?
– डा. सन्दुक रुइत
५) निजामती सेवा दिवस २०७६ को नारा के रहेको छ ?
– ‘सक्षम निजामती प्रशासन, विकास, समृद्धि र सुशासन’
६) क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको जीवनीमा आधारित भएर लेखिएको पुस्तक कुन हो ?
– गुरिल्ला अफ टाइम
७) विश्वका समसामयिक आर्थिक गतिविधीमा केन्द्रित जी-७ को पैतालीसौं सम्मेलन कहिले सम्पन्न भयो ?
– सन् २०१९ अगस्ट २४-२६
(नोट- विश्वका ठूला अर्थतन्त्र भएका देशको समूह जी-७ को उक्त सम्मेलन फ्रान्सको वियारिजमा सम्पन्न भयो ।)
८) अविवाहित छोरीले जन्मघर वा माइतमा नै बच्चा जन्माउदा बाबुआमाले नै सबै व्यवस्था गरी राख्नुपर्ने प्रथालाई कुन प्रथा भनिन्छ ?
– ठिमाहा प्रथा
(नोट- ठिमाहा प्रथा हुम्ला जिल्लामा प्रचलित रहेको छ ।)
९) बि. स. २०७५ सालको मदन पुरस्कार कुन कृतिका लागि प्रदान गरियो ?
– ‘रणहार’ (लेखक योगेशराजको कृति रणहार भक्तपुरका अन्तिम राजा रणजित मल्लबारे लेखिएको पुस्तक हो ।)

१०) जिम्बाबेका संस्थापक तथा पूर्व राष्ट्रपति रोबर्ट मुगावेको निधन कहिले भयो ?
– सन् 2019 सेप्टेम्वर ६
११) नेपालको कुन स्थानीय तहमा ‘एक वडा एक ताल’ अभियान सञ्चालन गरिएको छ ? – घोराही उपमहानगरपालिका
१२) नेपाल सरकारले बि.स. २०७५–२०८५ को अवधिलाई के को रुपमा मनाउने निर्णय गरेको छ ?
– उर्जा तथा जलश्रोत दशक
१३) नेपालको पहिलो खुला दिशामुक्त जिल्ला कुन हो ?
– कास्की
१४) आफ्नो प्रदेशको सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने नेपालको पहिलो प्रदेश कुन हो ?
– सुदुरपश्चिम प्रदेश
१५) बाह्रौं राष्ट्रिय जनगणना २०७८ को नारा के तय गरिएको छ ?
– मेरो गणना मेरो सहभागिता
(नोट- उक्त जनगणना २०७८ सालको जेठ २५ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुदैछ ।)

प्रतिक्रिया दिनुहोस्