Logo

नेपाल समूह चरणको अन्तिम खेलमा विजयी



ढाकाः बंगलादेशमा जारी प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । समूह चरण अन्तर्गतको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

प्रतिभा माली र सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा नेपालले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पार्‍यो । त्यस्तै दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले जित्यो ।

यसअघि नै नेपाल फाइनलमा प्रवेश गरिसकेको छ । मंगलबार आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई पराजित गरेपछि दोस्रो स्थानमा रहँदै माल्दिभ्स पनि एक खेल अघि नै फाइनलमा प्रवेश गरेको थियो ।

नेपाल र माल्दिभ्स बिहीबार उपाधिका लागि फेरि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार अपराह्न २ः४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्