घुस सहित रंगेहात पक्राउ
काठमाडौं, २७ कात्तिक । राष्ट्रि अनुसन्धान विभाग सप्तरीका धर्मेन्द्रकुमार झा पाँच हजार घुस सहित पक्राउ परेको छ । झाले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरी दिने भन्दै सेवाग्राहीबाट घुस लिने गरेका थिए । झाले घुस लिने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंकालिनी नगरपालिकाबाट रंगेहात पक्राउ गरेको हो ।
झा सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्र्तगतका सिमा नाका हेर्न खटिएको सूचक पदमा कार्यरत छन् । उनलाई घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
