यातायात कार्यालय गुर्जुधारामा अख्तियारको छापा
काठमाडौं, २७ कात्तिक । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा छापा मारेको छ । आर्थिक अनियमितता भएको भन्ने सूचननाका आधारमा अख्तियारले छापा मारेको हो ।अख्तियारले छापा मारी एक कर्मचारीसहित अन्य ४ जनालाई नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल पास गर्ने क्रममा कार्यालयका एक कर्मचारीले सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले छापा मारेको हो । अख्तियारको टोलीले कार्यालयका एक नासुलाई नियन्त्रणमा लिएको बताइए पनि कर्मचारीको परिचय खुलाइएको छैन।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनुसन्धानको क्रममै रहेकोले थप बोल्न नमिल्ने बताएका छन् । पक्राउ पर्नेमा ५ नम्बर फाँटमा कार्यरत शाखा अधिकृत शुक्रराज भट्टराई रहेको स्रोत बताएको छ ।
