Logo

जेलर थापा दम्पती विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, २ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापाले सार्वजनिक सेवाको पदमा रही गैरकानूनी सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरेको अख्तियारको ठहर छ ।

थापाले सार्वजनिक सेवा प्रवेश गरेको मिति २०४५ जेठ ४ गतेदेखि आव २०७/७६ सम्ममा गैरकानूनी रुपमा एक करोड १३ लाख ६० हजार चार सय १० रुपपैयाँ ९५ पैसा आर्जन गरेको अख्तियारको छानबिनले देखाएको छ । थापाले गैर कानुनी रुपमा आर्जन गरेको स्रोत नखुलेको रकम श्रीमती गोमा कट्टेल थापाको नाममा राखेको पाइएको छ ।

स्रोत नखुलेको रकम विगो कायम गरी थापा दम्पती विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्