Logo

कर तिर्नको लागि मोबाइल एप !



काठमाण्डौं, ३ मंसिर । अबदेखि करदाताले कर तिर्न कर कार्यालय धाउन पर्ने बाध्यताको अन्त्य भएको छ । किनभने सरकारले आफ्नो मोबाइलबाटै कर तिर्न सकिने मोबाइल एप ल्याएको छ ।

करदाताको सहजताका लागि भन्दै आन्तरिक राजस्व विभागले मोबाइल एप ल्याएको हो । मोबाइल एप मार्फत करदाताले घरमै बसेर सरकारलाई विभिन्न प्रकारका कर तिर्न सकिने विभागले जनाएको छ ।
यो सुविधा प्रयोग गर्नको लागि करदाताले आफ्नो मोबाइलमा  IRD Nepal नामको मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । सो एपको निर्देशन अनुसार मोबाइल एपबाट निम्न कर तिर्न सकिनेछ ।

mob-app

प्रतिक्रिया दिनुहोस्