विपन्न नागरिक औषधि उपचार सम्बन्धि निर्देशिका सबै निकायले वेबसाइटमा राख्न पर्ने
काठमाडौं, ३ मंसिर । गत वर्षको मंसिर महिना देखि लागू हुने गरी ल्याइएको विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २९७५ अब देखि सम्बन्धित सम्पूर्ण निकायहरुले आधिकारीक वेबसाइटहरुमा प्रकाशन गर्नु पर्ने भएको छ ।
मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय तथा सम्पूर्ण स्थानिय तहरुलाई यस सम्बन्धमा अनुरोध गरेको हो । सरोकारवाला निकायहरुले जानकारी लिन सजिलो हुने भन्दै सूचना मार्फत निर्देशिका प्रकाशन गर्न भनिएको हो ।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट संशोधन गरी गत वर्ष विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका २०७५ जारी गरेका थिए ।
विपन्न नागरिकहरुको उपचार सम्बन्धि क कस्तोे व्यवस्था छ, हेरौं निर्देशिकामाः
Bipanna-Nagarik-Aushadi-Upachar-Nirdesioka-2075-new