Logo

बीस हजार घुस सहित मालपोत कर्मचारी पक्राउ



काठमाडौं, ५ मंसिर । मामलपोत कार्यालय धुलिखेलका नायब सुब्बा रोशकाजी जसपाउ बीस हजार रुपैयाँ घुस सहित पक्राउ परेको छ । जोशपाउले बिक्री गरेको जग्गाको राजस्व र लाभकर रमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा दिलाइ दिने भन्दै मालपोत कार्यालयका सेवाग्राहीसंग घुस लिने गरेको खुलेको छ ।

उनले सहजै जग्गा प्रमाणपत्र मिलाई दिने भन्दै घुस माग्ने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धाान आयोगले रंगेहात पक्राउ गरेको थियो । जशपाउलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्