Logo

गुगल र फेसबुक मानवअधिकारका लागि खतरा



एजेन्सी । गुगल र फेसबुकको व्यवसायिक ढाँचा मानव अधिकारका लागि खतरा बन्दै गएको एमनेस्टीले दाबी गरेको छ । विश्वभर मानव अधिकारको काम गर्ने एमनेस्टीले एक रिपोर्ट जारी गर्दै यी कम्पनीले गर्ने अत्याधिक निगरानीका कारण चिन्ता गर्नुपर्ने भएको बताएको छ ।

यस्ता कम्पनीले गर्ने अत्याधिक निगरानीले प्रयोगकर्ताको गोपनियताको हक र मानव अधिकार हनन हुने रिपोर्टमा उल्लेख छ। रिपोर्टले फेसबुक र गुगल माथि आरोप लगाएपनि दुबै कम्पनीले आफ्नो बचाउँ गरेका छन् । उक्त रिपोर्टको उत्तर दिदैँ फेसबुकले मानव अधिकारमा आफूले गरेका कामको उदाहरण प्रशस्त रहेको दाबी गरेको छ ।

साथै मानव अधिकार र गोपनियतताको हकलाई सम्मान गर्ने गरेको समेत चिठ्ठीमा उल्लेख छ । त्यस्तै गुगलले पनि प्रयोगकर्ताको सम्मान गर्दै डाटाहरु सुरक्षित राखेको बताएको छ । मानव अधिकारको हनन हुनबाट रोक्न यस्ता कम्पनीलाई व्यक्तिगत सूचनाहरु र विज्ञापन दिन बन्द गर्न एमनेस्टीले अमेरिकी सरकारलाई सुझाव समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्