ट्याक्सी चालकहरुले घेरे पठाओ चालकलाई

काठमाडौं, ८ मंसिर । पठाओमार्फत यात्रु ओसार्ने पठाओ चालकलाई ट्राफिक प्रहरीले जरिवानाको चिट काटेको छ । प्रयोजन विपरित सवारी चलाएको अभियोगमा पठाओ चालक विकास तामाङलाई महानगरीय ट्राफिक प्रहरी वृत स्वयम्भूले १ हजार रुपैयाँ जरिवाना हुनेगरी चिट काटेको हो ।
यात्रु लिन गएका उक्त पठाओ राइडरलाई १५र२० जना ट्याक्सी चालकले घेरेर दुर्व्यवहार गरेको प्रत्यक्षदर्शी प्रकाश गोपालीले बताए । तर टुटल र पठाओ जस्ता राइड सेयरलाई कारवाही गर्न यातायात व्यवस्था विभागले पत्र नपठाएको र आफूहरुले पनि त्यस्तो कुनै निर्देशन नदिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले जानकारी दिए ।
‘नियम उलंघन गर्नेलाई कारवाही नियमित भइरहेकै छ । तर कुनै निश्चित सेवालाई कारवाही गर्न निर्देशन दिएका छैनौं’ उनले भने । विगत केही दिनदेखि ट्याक्सी चालकहरुले टुटल–पठाओ राइडरलाई दुव्र्यवहार गर्ने, बाटो छेकेर बेइज्जत गर्ने घटना बढ्दो छ ।
सेतोपाटीले लेखेको छ ।
