Logo

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो, अवस्था सामान्य सामान्य



काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले संचारकर्मीलाई जानकारी दिए ।

एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गरिएको हो । ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्