Logo

मोटरसाइकल र गाडीको नम्बर प्लेटमा नम्बर ठीकसंग लेख्नुभएको छ ? नत्र कारबाहीमा पर्न सक्नुहुनेछ



काठमाडौं, १० मंसिर । के तपाईले आफू चढ्ने मोटरसाइकल र गाडीको नम्बर प्लेटमा नम्बर ठीकसंग लेख्नुभएको छ ? अब देखि यातायात व्यवस्था विभागले तोकिएबमोजिम लेख्नुभएको छैन भने तपाईं कारबाहीमा पर्न सक्नुहुनेछ ।

विभागले सोमबार सूचना जारी गर्दै प्रदेश नम्बरसहितको नम्बर प्लेट भएका अधिकांशले गलत तरिकाले नम्बर प्लेट राखेको बताएको छ। विभागका अनुसार सवारीको अगाडिको प्लेटमा तल र माथि गरी दुई लाइनमा र पछाडिको प्लेटमा ३ लाइनमा नम्बर प्लेटमा लेख्नुपर्ने छ।

यो मापदण्ड अञ्चलको नाममा दर्ता भएका सवारी साधनलाई भने लागू हुने छैन ।

गत वर्ष दशैंअगाडि मोटरसाइकलको लागि बागमती अञ्चलमा ९९ अंकको नम्बर सकिएको थियो ।

त्यसपछि मन्त्रिपरिषदले देश संघीयतामा गइसकेकोले अञ्चलमा अंक थप्नुको सट्टा प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेको थियो ।

यसरी लेख्नुहोस् नम्बर

अगाडिको नम्बर प्लेट (दुई लाइनमा)

प्रदेश ३-०२

००२ प ३२३६

पछाडिको नम्बर प्लेट (तीन लाइनमा)

प्रदेश ३-०२

००२ प

३२३६

सवारी-साधनको-नम्बर-प्लेट-सम्बन्धि-अत्यन्त-जरुरी-सूचना-।

प्रतिक्रिया दिनुहोस्