Logo

राजधानीको नाम टुंगो लगाउन टोली भारततिर



बुटवल, १५ मंसिर । प्रदेश ५ को राजधानी र नामाकरणका लागि भन्दै प्रदेश सभामा ०७५ साउनमा गठन भएको विशेष समितिले अहिलेसम्म प्रतिवेदन बनाउन सकेको छैन । प्रदेश सभाले तीन पटकसम्म म्याद थप्यो । अन्तिम म्याद यही मंसिर मसान्तमा सकिँदैछ ।

प्रतिवेदन बुझाउने सुरसार छैन तर समितिको टोली भने छिमेकी मूलुक भारत भ्रमणमा निस्किने भएको छ । भारतको चन्डीगढ शहरको अवलोकन गरेर प्रदेशको राजधानी कहा तोक्ने भन्ने विषय छिनोफानो लगाइने समितिले जनाएको छ ।

सुझाव समितिका सभापतिलाई प्रदेश सभाले अन्य सभापतिसरह सेवासुविधा प्रदान गरेको छ । तीन महिनाका लागि गठन भएको सिफारिस समितिले नै विभिन्न शीर्षकमा करिब ५० लाख रुपैयाँ बजेट सकेको छ । भारत भ्रमणका लागि सात लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्