Logo

वडा सचिव विरुद्ध मुद्दा



काठमाडौं, १५ मंसिर । बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ६ का वडा सचिव रामएकवाल प्रसाद यादव र कार्यालय सहयोगी दिनेश हजरा घुससहित पक्राउ परेका छन् ।

उनीहरुले वृद्ध भत्ता तथा विधवा भत्ता समेत वितरण गरेवापत प्रत्येक व्यक्तिहरुसंग घुस लिने गरेका थिए । उनीहरुले सेवा उपलब्ध गराईदिए बापत घुस माग्ने गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

वडा सचिव यादव र कार्यालय सहयोगी हजराले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुबाट लिएको रकम उनीहरुले घुस लिने मनसायले रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

राज्यले असहाय तथा असक्त नागरिकहरुलाई संरक्षणको लागि सामाजिक सुरक्षामार्फत उपलब्ध गराएको रकम कानुन विपरीत रकम लिन खोजेको भन्दै पक्राउ गरेको अख्तियारले बताएको छ ।
उनीहरुलाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार १२ हजार विगो मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्