Logo

हुलाक सेवा प्रभावकारी बनाउन प्राधिकरणमा



काठमाडौँ, १७ मंसिर । सरकारले हुलाक सेवालाई प्रभावकारी र समयानुकूल बनाउन प्राधिकरणमा लैजाने तयारी गरेको छ । हुलाकले हुलाक सेवाबाहेक अन्य नाफामूलक व्यवसायसमेत गर्न मिल्ने गरी प्राधिकरणमा लैजाने भएको हो ।

हुलाक सेवा विभागका अनुसार अहिले कानुन मन्त्रालयमा प्राधिकरणसम्बन्धी ऐन बनिरहेको छ । प्रविधिको विकाससँगै प्रयोग कम हुँदै गएपछि अहिले हुलाक सेवा ओझेलमा छ । साथै हुलाक सेवाबाट कर्मचारी अन्यत्र गएकाले पर्याप्त जनशक्तिसमेत छैन ।

कुल छ हजार कर्मचारी दरबन्दी रहेको हुलाकमा अहिले दुई हजार स्थान रिक्त छ । २०५५ सालदेखि स्थायी कर्मचारी नियुक्त गरिएको छैन । यद्यपि काठमाडौँको चक्रपथभित्र एकै दिनमा चिठी पु¥याउने सेवा, धनादेश, पुलिन्दा, हुलाक बचत बैङ्क, वैदेशिक आन्तरकि दु्रत डाँक सेवा भने हुलाकले प्रभावकारी रूपमा दिँदै आएको छ । हुलाकले वार्षिक ५२ करोड रुपियाँ राजस्व उठाइरहेको छ ।

अहिले चिठी लिएर चितवन गएको गाडी फर्कंदा रित्तो हुन्छ, फर्कंदा सामान लिएर आउन पाइयोस् भन्ने अवधारण राखि प्राधिकरणमा लाने तयारी गरीएको हो । साथै सामाजिक सुरक्षाभत्ता वितरण कार्य, नागरिकले सरकारका सेवालाई बुझाउनुपर्ने महसुल वा शुल्क, तिरो तिरान, जरिवाना, आयकरलगायतका कार्यलाई पनि हुलाकबाटै भुक्तान हुन सक्ने व्यवस्था प्राधिकरण स्थापनापछि हनेछ । विश्वमा हुलाकले आफ्नो हुलाक सेवा कार्यसँगै व्यावसायिक कार्य पनि गरिरहेको मान्यताअनुरूप नै हुलाक सेवालाई प्राधिकरणतर्फ लैजान लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्