साग अपडेट: २० पुग्यो नेपालको स्वर्ण पदक
काठमाडौं, १७ मङ्सिर । तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १९ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन ऊसु, कराँते र डुवाथोलनमा थप स्वर्ण जित्दै १९ स्वर्ण पुर्याएको हो ।
मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङले स्वर्ण पदक दिलाएका हुन् । नविन रसाइलीले ६७ केजी समूहमा कराँते तर्फ स्वर्ण पदक जितेका हुन् । उनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ ले हराउँदै स्वर्ण पदक हात पारेको हो ।
नविन बङ्गलादेशका मोहम्मद फर्दुसलाई ८–२ ले हराएर फाइनलमा प्रवेश गरेको हो । सोमबार पहिलो दिन ९ स्वर्ण पदकको लागि भएको स्पर्धामा कराँतेतर्फ नेपालले सात स्वर्ण पदक र दुई रजत पदक जितेको थियो ।
मङ्गलबार नै डुवाथोलनमा लक्ष्मण मल्लले रजत पदक दिलाउएका छन् । एथ्लेटिक्स १५ सय मिटरको दौडमा टंक कार्कीले कास्य पदक हात पारेको छ ।
