Logo

चालीस हजार घुससहित नायब सुब्बा पक्राउ



काठमाडौं, १८ मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा नारायणराज मिश्र ४० हजार घुुससहित पक्राउ परेका छन् । मिश्रले सेवाग्राहीसंग मोही कट्टा गरिदिने भन्दै कार्यालय सहयोगी भाईकाजी गौतम मार्फत् चालीस हजार मगाएका थिए ।

सेवाग्राहीहरुसंग घुस लिने गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले मिश्रमाथि अनुसन्धान गरेको थियो । मिश्रलाई अख्तियारले घुस लिईसकेपछिको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेका थिए ।

मिश्रलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्