बेरोजगार सुची निर्धारण तथा प्राथमिकिकरण गर्नका लागि मार्गदर्शन २०७६ प्रकाशन

काठमाडौं, २० मंसिर । सरकारले बेरोगार सुची निर्धारण तथा प्राथमिकिरण मार्गदर्शन, २०७६ प्रकाशन गरेको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै सबै स्थानीय तहहरुलाई मार्गनिर्देशनका विषयमा जानकारी गराएको छ ।
कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना कार्यविधि कार्यन्वयनमा सहजिकरण गर्न बेरोजगार सुची निर्धारण तथा प्रथमिकीकरण मार्गदर्शन स्वीकृत गरी प्रकाशन गरीएको उल्लेख छ ।
साथै सबै स्थानीय तहहरुले बेरोजगार सुची निर्धारण तथा प्राथमिकीकरण गर्दा सोही निर्देशन अनुसार गर्न गराउन पनि सूचना मार्फत आग्राह गरिएको छ ।
यस्तो छ, बेरोजगार सुची निर्धारण तथा प्राथमिकिकरण मार्गदर्शन २०७६;
बेरोजगार-सूची-निर्धारण-तथा-प्राथमिकिकरण-मार्गदर्शन-pdf