Logo

‘साग’मा आज हुने १५ प्रतिस्पर्धा



काठमाडौं, २२ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आज विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

राखेपका सागमा आइतबार आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, बिच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ।

ललिलपुरमा पौडी प्रतियोगिता हुनेछ भने जनकपुर कुस्ती प्रतियोगिता हुने छ । साथै पोखरामा महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल हुने छ र बाँकी खेल काठमाडौंमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्