साग महिला क्रिकेटको स्वर्ण बंगलादेशलाई

काठमाडौं, २२ मंसिर । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको छ । आइतबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन जोड्यो । बंगलादेशका लागि विकेट किपर निगर सुल्तनाले २९ रन जोडिन् । यस्तै, फहिमा खातुन र सन्जिदा स्लामले समान १५/१५ रनको योगदान गरे ।
