Logo

नेकपा सचिवालयको बैठक आज, यस्ता छन् बैठकका एजेण्डा



काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ । नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो बस्ने बैठकमा उपनिर्वाचनका समिक्षा लगायत स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबारे छलफल हुने बताइएको छ ।

सचिवालयमा प्रस्तुत हुने एजेण्डाको बारेमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो अर्का अध्यक्ष केपी शर्मा ओली, सचिवालय सदस्य माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतका नेताहरुसँग छलफल गरेका थिए ।

उपनिर्वाचन भएको प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका समिक्षात्मक प्रतिवेदन केन्द्रमा आइसकेको छ । स्रोतका अनुसार सोही प्रतिवेदनमाथि आज छलफल हुनेछ । मंसिर १८ गते बसेको सचिवालय बैठकले तल्ला कमिटीलाई उपनिर्वाचनको बारेमा प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

लामो समयदेखि बस्न नसकेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि छलफल हुनुको साथै पोलिटब्युरो तथा बाँकी रहेका सांगठनिक कामा बारेमा पनि छलफल हुने बताइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने सहभागी नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्