Logo

लोक सेवा विशेष : अन्तर्वार्तामा आफूलाई कसरी प्रस्तुत गर्ने ?



हरि अधिकारी, नायब सुब्बा (नेपाल सरकार)

पहिलो पक्षले दोस्रो पक्षलाई सम्बन्धित पेशा तथा रोजगारीका बारेमा सामान्य जानकारी राख्ने विषयहरुमा छलफल, प्रश्नोत्तर तथा अन्तरक्रिया गर्ने कार्य अन्तर्वार्ता हो । यसमा परीक्षार्थीको विषयवस्तुको वारेमा राखेको प्रश्नको उत्तरको प्रस्तुती, प्रस्तुती गर्ने शैली तथा प्रस्तुत गर्दाको आत्मविश्वास हेर्ने र परिक्षण गर्ने गरिन्छ । यो परीक्षाको विभिन्न माध्यम मध्ये एक हो ।

नेपालमा लोकसेवा आयोगले कर्मचारी छनोटका लागि लिने परीक्षाका विभिन्न परीक्षा मध्ये एक माध्यमको रुपमा अन्तर्वार्ता रहन्छ । विशेषगरी परीक्षामा उतीर्ण हुनका लागि लिखित परीक्षाले मुख्य भूमिका निर्वाह गरेपनि अन्तर्वार्ताले निर्णायक भूमिका खेलेको हुन्छ ।

आफू अन्तर्वार्तामा प्रस्तुत हुने दिनको निश्चित गरी सोही अनुसार आफ्नो तयारी अगाडि बढाउनु पर्छ । विशेषगरी आयोगको सूचनालाई हेरी आवाश्यक कागजात जुटाउनु पर्ने हुन्छ । सामान्यतया प्रवेश पत्र, पासपोर्ट साइजको फोटोहरु, नेपाली नागरिकताको प्रमाणप्रत्र तथा शौक्षिक योग्यताको प्रमाणपत्र सक्कल सहित सोको नक्कल लिनुपर्ने हुन्छ ।

अन्तर्वार्तामा प्रस्तुत हुनुपूर्व आफू कुन सेवा, समुह, वा पदको अन्तर्वार्तामा प्रस्तुत हुन लागेको हो त्यसको पाठ्यक्रमलाई सरसर्ती हेर्नुपर्छ । आफ्नो औपचारीक तहको पढाइको विषयलाई पनि सकिन्छ भने हेर्दा राम्रो हुन्छ । साथै समसामायिक घटनाहरुको वारेमा अध्यन गर्नुपर्छ । साधारणतया अन्तर्वार्तामा प्रश्नहरु यसकै सेरोफेरोमा हुन्छन ।

आफूमा आत्मविश्वासको वृध्दि गर्ने, सकारात्मक धारणाको विकास गर्ने र आफैमा सवाल जवाफ गर्ने गर्नुपर्छ । त्यस्तै अन्तर्वार्तामा जानुपूर्व परीक्षार्थीले वुझ्नैपर्ने अर्कोकुरा के छ भने परीक्षार्थीलाई हतोत्साहित गराउन अन्य प्रतिस्पर्धीले विभिन्न अफवाह फैलाउन सक्छन, आफूले लिखित परीक्षामा शत प्रतिशत मिलाएको, वस्तुगत प्रश्नहरु धेरै मिलाएको जस्ता विषयहरु सुनाउन सक्छन । त्यस प्रति ध्यान दिनु हुदैन । आफूमा विश्वास राखेर आफ्नो तयारीलाई मजबुत बनाउनेतर्फ लाग्नु पर्छ ।

त्यस्तै आफूभन्दा अगाडि अन्तर्वार्तामा प्रस्तुत भएको साथीलाई अन्तर्वार्तामा के सोध्यो भन्ने विषयलाई लिएर आफूलाई तनाव दिने र समयको वर्वादी गर्नुहुदैन । अघिल्लो परीक्षार्थीलाई सोधीएको प्रश्न अर्को परीक्षार्थीलाई सोधिदैन । यदि कुनै परिस्थितिमा सोधिएछ भने त्यस वारे आफूलाई जे आउँछ त्यही उत्तर प्रस्तुत गर्ने हो ।

अन्तर्वार्तामा आफूलाई परिपक्व वनाउनका लागि अन्तर्वार्तामा आउनसक्ने प्रश्नहरु बनाउने र त्यसमा आफूले सवाल जवाफ गर्ने । सम्भव भएसम्म साथीहरुका विचमा अन्तर्वार्तामा आफूलाई आउनसक्ने प्रश्नको बारेमा छलफल गरी अभ्यास गर्दा सहज हुन्छ । यसका लागि अग्रज व्यक्तिसँग सोध्ने र त्यस सम्बन्धी ज्ञान लिन पनि सकिन्छ । अनुभवि व्यक्तिसँग आफू अन्तर्वार्तामा उपस्थित हुनु भन्दा पहिला आफ्नो अन्तर्वार्ता लिइदिन आग्रह गर्न सकिन्छ ।

बाहिर हल्ला गरिएजस्तो अन्तर्वार्ता गाह्रो र असहज हुदैन । अन्तर्वार्ता लिने व्यक्ति पनि हामीजस्तै सामान्य व्यक्ति हुन्छन् । कहिले काँही आफूले चिनेकै व्यक्तिपनि पर्न सक्छन । यदि असहजता आएछ भने पनि अन्तर्वार्ता लिने परिक्षकहरुले सहजता प्रदान गर्छन ।

अन्तर्वार्ताको दिन परीक्षार्थी अन्तर्वार्तामा प्रस्तुत हुनका लागि पालैपालो अन्तर्वार्ता कक्षमा जानुपर्ने हुन्छ । आफू भन्दा पहिला पालो आँउने व्यक्ति अन्तर्वार्तामा प्रस्तुत हुदा तपाइलाई प्रतिक्षा कक्षमा राखिन्छ । त्यहा रहँदा तपाईले आफ्नो मनमा अनावश्यक कुरालाई नखेलाई अन्तर्वार्ताको वारेमा सोच्नुपर्छ । आफूमा आत्मविश्वास जगाई आफूलाई पूर्ण रुपमा सक्षम पार्नु आवाश्यक हुन्छ ।

अन्तर्वार्तामा जादा तपाईले आफूजस्तो अवस्थामा हुनुहुन्छ त्यस्तै अवस्थामा जादा सहजता आउँछ । अन्तर्वार्ताको लागि नयाँ कपडा सिलाउने, भड्किलो पोशाक लगाउने, कपाल छोट्ट्याउने, सेन्ट छर्ने जस्ता नयाँ कुरा गर्दा तपाईमा असहजता ल्याउन सक्छ । त्यसकारण तपाई जस्तो हुनुहुन्छ, त्यस्तै रहनुस । मौसम अनुसारको पोशाक लगाउनुस ।

अन्तर्वार्ता कक्षमा पुगिसकेपछि तपाईले सबैले देख्ने गरी सबैलाइ शिष्टाचार व्यक्त गर्नुस । त्यसपछि तपाइलाई बस्नको लागि आग्रह गरिन्छ, बस्नका लागि आग्रह नगरी आफू खुशी नबस्नुस । बस्दा आफूलाई सहजहुनेगरि हात नबाधी, खुट्टा नखुम्चाई, खुट्टामाथी खुट्टा नराखी बस्नुपर्छ । कुर्सी अथवा बेन्चमा वसेर शरीर तन्काउने, नाक कोट्टाउने, कपाल कनाउने, दाँत कोट्टाउने नर्गनुस । अन्तर्वार्ता दिदाँ हाउभाउ मिलाउनु आवाश्यक छैन । माथि उल्लेखित कुरा अन्तर्वार्ताकक्षमा रहदासम्म प्रश्नको उत्तर दिदादिदै विचमा गर्न सकिन्छ, त्यसमा ध्यान दिनुपर्छ, यदि गरिएको रहेछ भने सर्तकता अपनाउनुस ।

तपाईको अन्तर्वार्ता तपाईको परिचयबाट शुरुहुन्छ । परिचय दिदा आफ्नो परिचयलाई लुकाउनु हुँदैन । यसले अन्तर्वार्ताका क्रममा समस्या उत्पन्न गराउँछ । अन्तर्वार्ता दिने क्रममा पहिला आफूले भनेको कुरालाई भुल्न सकिन्छ र पछि त्यहि कुरा भनिएको हुन्छ । म नायव सुब्बाको अन्तर्वार्तामा प्रस्तुत हुँदा कक्षा १२ सम्म मात्र अध्यन गरेको परिचयमा भनेँ, पछि आर्थीक विकासको वारेमा कुराचल्दा कलेजमा अर्थशास्त्रको अध्यान गर्दा पढेको विषय जोडेछु । अन्तर्वार्तामा अगाडि ढाटेको कुरा पछि सम्झिदैन ।

परिचय दिदा तपाईको नाम, ठेगाना, शौक्षिक योग्यता तथा कुनै ठाउँमा कार्यरत हुनुहुन्छ भने त्यसको वारेमा भन्दा पुग्छ । जस्तै मेरो नाम हरि अधिकारी हो । मेरो घर चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं. २ दैलेखमा पर्छ । म मध्यपश्चिम विश्वविद्यालयमा वि.वि.एस. अध्यनरत छु । परिचय पछि तपाई लाई तपाईको औपचारिक पढाईको वारेमा, समासामायिक घटनामा आधारित भएर, पाठ्यक्रममा भएका विषयहरुबाट, तपाईले कुनै स्थानमा कामगरिरहेको छ भने सो को वारेमा तथा तपाईको ठेगाना जिल्ला, गाँउ तथा तपाईको व्यक्तिगत रुचिको विषयमा प्रश्न सोध्ने गरिन्छ । तथापि अन्तर्वार्तालाइ कुनै पाठ्यक्रम विशेषमा सिमाबद्ध गर्न सकिदैन ।

त्यस्तै अन्तर्वार्ताको क्रममा आधारभूत तथ्य र जानकारी प्राप्तगर्ने छोटाप्रश्न, विचार र धारणा बुझ्ने खुल्ला प्रश्न, केही काल्पनिक प्रश्न, आत्ममुल्याङ्कन गर्ने प्रश्न तथा तपाईले भनेको कुरामा टेकेर एकपछि अर्को तथ्य र जानकारी खोतल्दै जाने प्रश्नहरु सोधिन्छन् । यस्ता प्रश्नहरु विशेषगरी तपाइले लिखित परीक्षामा तयारी गर्दाको पाठ्यक्रम, औपचारिक शिक्षा तथा समसामायिक घटनामा आधारित रहन्छन ।

यसरी सवाल जवाफ गर्ने क्रममा अन्तर्वार्ताकक्षमा रहेका ३ वा ४ जनाले पालैपालो प्रश्न सोध्नेगर्छन् । तर उत्तर दिदाँ आफूले प्रश्न सोध्ने तर्फमात्र ध्यान नदिई सवैलाई ध्यान दिनु आवाश्यक हुन्छ । उत्तर दिदाँ बोलि विग्रार्ने, थेगो प्रयोग गर्ने, अनावाश्यक लवज ल्याउने, हाउभाउ मिलाउने, प्रश्न सोधिरहेको वेला विचमै काट्ने गर्नु गलत हो । आफू जस्तो छ त्यस्तै वोल्नुस । सकेसम्म मुस्कान दिएर नम्र, शिष्ट, र परिक्षकलाई सम्मान गरेर उत्तर दिनुस । प्रश्न नबुझिएमा विनम्रता र धैर्यता पूर्वक प्रश्न दोहोराइदिन अनुरोध गर्नुस ।

अन्तर्वार्तामा कुनै प्रश्न आफूले नजानेको विषयवस्तुबाट आउन सक्छ । प्रश्नको उत्तर मैले दिनुनै पर्छ भनेर अन्दाज, अनुमान र हचुवाका भरमा उत्तर दिनु हुँदैन । बरु सम्यमित भएर मैले यो विषयमा अध्यान गरेको छैन, अहिले सम्झना गर्न सकियन भन्न सकिन्छ । गतल उत्तर नदिनुस गलत उत्तर दिनु भन्दा उत्तर नदिनु नै राम्रो हुन्छ ।

गलत उत्तरले परिक्षकमा नकारात्मक असर पार्नसक्छ । यदि आफूले राम्रोसगँ अध्यान गरेको विषयमा प्रश्न आएमा मागेको उत्तर भन्दा बढी भन्नेरबोल्ने, अनाआवाश्यक कुरा जोड्ने गर्नु हुदैन । तपाईको धारणा बुझ्ने प्रश्नहरु आएमा सबै सकारात्मक धारणा वा सबै नकारात्मक धारणा नदिनु रोम्रो हुन्छ । कुनै समस्याको वारेमा प्रश्न आएमा अँ, यो त गलत नै हो, हुनु हुन्थेन, भएर गलत भयो जस्ता कुरा उल्लेख गर्नु हुँदैन । आशावादी भएर प्रश्नको उत्तर दिनुपर्छ ।

अन्त्यमा तपाईलाई अन्तर्वार्ता कस्तो लाग्यो भनेर सोधिनसक्छ, यसमा तपाइले परिक्षकलाई धन्यवाद दिँदै अन्तर्वार्तामा खुशी लागेको भाव व्यक्त गर्नू राम्रो हुन्छ । आफ्नो व्यक्तिगत कुरा जोड्ने, पास फेल हजुरको हातमा छ भन्ने, पास गराइदिन आग्रह गर्ने, मेरो फलानो मान्छे हो भन्ने जस्ता कुरा भुलेर पनि गर्नुहुँदैन ।

अन्तर्वार्तामा भएका प्रत्येक परिक्षकले आफूआफूले छुट्टा छुट्टै अंक प्रदान गर्छन् । अंक दिने विषयमा परिक्षकविच एक अर्कामा थाहा हुँदैन । यो गोप्य हुन्छ र दिएको अंकको सिलवन्दी सबैको रोहोवरमा गरिन्छ । अंक दिदा सामान्यतया ४० % भन्दा कम र ७० % भन्दा बढी नम्बर दिने गरिदैन, यदि दिनै परेमा कारण उल्लेख गर्नुपर्छ, कारण दिएर नम्बर दिएको पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्