बीस लाख रुपैयाँ घुस सहित डिभिजन सडक कार्यालय प्रमुख पक्राउ

काठमाडौं, २५ मंसिर । डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज मर्हजन २० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
उनीहरुले निर्माण कार्य सम्पन्न सडकको काम बाँकी भएको भन्दै २० लाख रुपैयाँ माग गरिरहेको भन्ने सूचनाको आधारका अख्तियारले पक्राउ गरेको हो ।
उनीहरुलाई अख्तियारले काठमाडौं नगरपालिका १० स्थित रोयल अलिना क्याफेबाट बीस लाख घुस रकम सहित नियन्त्रणमा लिएका थिए ।
श्रेष्ठ र मर्हजन दुवैमाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
