५ लाख घुससहित अधिकृत पक्राउ

काठमाडौं, ३० मंसिर । भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख मालपोत अधिकृत रामबाबु मण्डल पाँच लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।
मण्डलले उच्च अदालत जनकपुर, राजविराज इजलासको पुनरावेदनमा विचाराधिन रहेको मुद्दाको सिलसिलामा सेवाग्राहीको नाम खुल्ने निर्णयसहितको माग भएको कागजातहरु उपलब्ध गराउन आनाकानी गर्दै सेवाग्राहीसँग घुस रकम माग्ने गरेका थिए ।
मण्डलले कागजातहरु उपलब्ध गराइदिए बापत भन्दै घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले ५ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा मण्डलले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको पुष्टि हुन आएको भन्दै उनी विरुद्ध बिगो पाँच लाख सहित जरिवाना र कैद सजायको मागदाबी गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
