Logo

गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक अख्तियारको नियन्त्रणमा



काठमाडौं, १ पुस । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुबैजनालाइ त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्