Logo

समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर



१) वल्र्ड इकोनोमिक फोरमले हरेक वर्ष प्रकाशन गर्ने ग्लोबल कम्पीटीटीभनेस इन्डेक्स २०१९ अनुसार नेपाल कति औं स्थानमा पर्न सफल भएको छ ?
– १०८ औं स्थानमा

२) नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को लोगो कहिले सार्वजनिक भयो ?
– २०७६ कार्तिक ३ गते

३) अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपाल क्रिकेट संघ माथि लगाएको निलम्बन कहिले सशर्त फुकुवा गर्यो ?
– २०७६ असोज २७/ सन् २०१९ अक्टोवर १४

४) पद्यश्री साहित्य पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
– रमेश सायन (छुटेका अनुहार कृतिका लागि)

५) सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा कुन हो ?
– डोट्याली

६) सन् २०१९ अक्टोवर १२ मा जापानमा आएको आँधीलाई के नामाकरण गरिएको छ ?
– हगिबिस

७) प्रधानमन्त्री केपी शर्मा ओलीबाट नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको सिलान्याश कहिले भयो ?
– २०७६ कार्तिक ४

८) कुन देशको संविधानलाई Basic law भनिन्छ ?
– जर्मनी

९) एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ को उपाधि कुन राष्ट्रले जित्यो ?
– पाकिस्तान

१०) “लोकतन्त्र र आजको माक्र्सवाद” कृतिका कृतिकार को हुन् ?
– चैतन्य मिश्र

११) “डल्फिनको संरक्षण, सम्वद्र्धन र पहिचान : पर्यटन विकासको अभियान” भन्ने नाराका साथ डल्फिन महोत्सव कहिले र कहाँ सम्पन्न भयो ?
– २०७६ भदौ २८ – ३०, कैलालीमा

१२) फेसबुकद्धारा निर्मित नयाँ डिजिटल करेन्सीलाई के नामाकरण गरिएको छ ?
– लिब्रा

१३) नेपाल हृदय रोग निवारण प्रतिष्ठानले हर्ट हिरो २०१९ कसलाई घोषणा गर्यो ?
– प्रा.डा. प्रकाशराज रेग्मी

१४) परराष्ट्र मन्त्रालयले ब्रेनग्रेन सेन्टरको प्रारम्भ कहिले गर्यो ?
– २०७६ जेठ १७

१५) संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको अस्थायी सदस्य राष्ट्रमा सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म चयन हुन सफल राष्ट्र कुन कुन हुन् ?
– जर्मनी, बेल्जियम, डोमिनीकन रिपब्लिक, इन्डोनेशिया, दक्षिण अफ्रिका

प्रतिक्रिया दिनुहोस्