प्रहरी जवान घुस रकम सहित पक्राउ

काठमाडौं, २ पुस । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी जवान सरोजकुमार याद घुस सहित पक्राउ परेका छन् ।
यादवले घरेलु मदिरा बिक्री वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग्ने गरेका थिए । घुस मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले यादवलाई १५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
यादवमाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोले जनाएको छ ।
