Logo

दुई अधिकृत माथि ठेकेदारको आक्रमण



काठमाडौं, ३ पुस । कर्णाली प्रदेशको रूकुम पश्चिममा पर्ने आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि आक्रमण भएको छ ।

कार्यालयको काम सकेर डेरामा फर्किने क्रममा बुधबार साँझ ६ बजे वडा नम्बर-३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथि लुकेर आक्रमण गरेको थियो ।

गोपालको समूहको आक्रमण परेका केसीलाई पाँच टाँका लगाइएको छ । अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुसिकोटमा राखिएको छ ।

कुटपिटको योजना बनाएको आरोपमा प्रहरीले बुधबार राति नै वडाध्यक्ष केशरमानलाई पक्राउ गरेको छ। उनीमाथि ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूकुम-पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। उनका भाइ गोपाल भने फरार छन् ।

केशरमान तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका थिए भने कर्मचारी कुटिएपछि सुरक्षाको माग गर्दै कर्मचारीले आजदेखि नगरपालिकाको काम ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्