Logo

भ्रमण वर्षको लोगो अब बैंकहरुमा



काठमाडौं, ७ पुस । अब देखि चेकबाहेक बैंकिङ कारोबारमा प्रयोग हुने भौचर, बैंकको वेवसाइट, भिसा कार्ड र बैंकको होर्डिङ बोर्डमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखिने भएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराई र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिबीच सोमबार भएको छलफलमा भ्रमण वर्षको लोगो राख्ने निर्णय भएको हो ।

पर्यटनमन्त्री भट्टराईले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न भन्दै जनवरी १ को उद्घाटन समारोहमा कम्तिमा पनि एउटा संस्थाबाट ५० जनाको सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्