Logo

७२ जना शंकास्पद चिनियाँ नागरिक पक्राउ



काठमाडौं, ६ पुस । काठमाडौंको बाँसबारीमा महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा, टोलीले ७२ जना चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बाँसबारीमा रहेका तीनओटा शंकास्पद घरहररूमा आकस्मिक रुपमा छापा मार्दा ७२ जना चिनियाँ नागरिक तथा उनीहरुले प्रयोग गरिरहेको ल्यापटप, मोवाइल तथा विद्युतीय उपकरण नियन्त्रणमा लिएको महानगरीय प्रहरी अपराध महाशाखाले बताएको छ ।

प्रहरीको संयुक्त टोलीले आज दिउँसो विशेष सूचनाको आधारमा छापा मारेको थियो । ती घरहरुमा शंकास्पद विदेशी नागरिकहरु भएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीले वित्तीय अपराधमा सलग्न रहेको हुन सक्ने आशंका गरेको छ ।

एसएसपी थापाले बैंक ह्याकिङमा संम्लग्नहरुलाई गत भदौमा नियन्त्रणमा लिएको उच्च अदालत पाटनले थुनामा पठाएको समयमा सोही गिरोहसँगको संम्लग्नता हुन सक्ने भएकाले अनुशन्धान थालिएको छ । प्रहरीले अनुशन्धान पश्चात उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्