Logo

२५ हजार घुस रकम सहित वडा सचिव पक्राउ



काठमाडौं, ७ पुस । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव दिनेश बाँस्कोटा २५ हजार घुससहित पक्राउ परेका छन् । बाँस्कोटाले सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएका थिए ।

काम गरिदिनै भन्दै घुस लिएको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले सचिव बाँस्कोटालाई घुस सहित नियन्त्रणमा लिएको हो ।

बाँस्कोटालाई नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवाना र कैद सजायको मागदाबी सहित सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्