समसामयिक विशेष : सामान्य ज्ञान

१) पन्ध्रौं योजना (२०७६/७७-२०८०/८१) को आधारपत्र अनुसार बेरोजगारी दर कतिमा झार्ने लक्ष्य राखिएको छ ?
– ६ प्रतिशत
(नोट – २०७४/७५ मा बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ ।)
२) नेपालको सुदुरपश्चिम प्रदेशमा कोइली कराउन थालेपछि कोसेली लिएर दिदिबहिनी भेट्न जाने चलनलाई कुन पर्व भनिन्छ ?
– चैतेलो वा भेटौला पर्व
३) अध्ययनको लागि चन्द्रमामा पठाइएको इजरायलको अन्तरिक्षयान चन्द्रमाको सतहमा कहिले दुर्घटना भयो ?
– २०१९ अप्रिल १२
(नोट – इजरायलको “बेरेसिट” नामक यान मौसमको खराबीको कारण चन्द्रमाको सतहमा बिस्फोट भएको हो ।)
४) नेपाल साप्ताहिकले “वर्ष व्यक्ति २०७५” कसलाई घोषणा गर्यो ?
– दुर्गादेवी पन्त (कञ्चनपुर), निर्मला पन्तकी आमा
५) पर्वतारोही डन वार्गोस्कीका अनुसार ७,१६२ मीटर अग्लो वरुणत्से हिमालमा पुग्ने कुकुरको नाम के हो ?
– मेरा (पोथी कुकुर)
(नोभेम्बर ९, २०१८ मा उक्त कुकुर वरुणत्से हिमाल पुगेको हो ।)
६) पश्चिमी अफ्रिकी देश टोगोको राजधानी कहाँ रहेको छ ?
– लोम
(नोट – टोगो नेपालसँग कुटनीतिक सम्वन्ध कायम गर्ने १६४ औं राष्ट्र हो ।)
७) बाह्रौं राष्ट्रिय वौद्ध सम्मेलन कहाँ सम्पन्न भयो ?
– लमजुङ (२०७५ चैत्र २४ गते)
८) राष्ट्रिय विकास परिषद २०७५ को गठन कहिले भयो ?
– २०७५ चैत्र ८
(नोट राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७४ को व्यवस्था अनुसार गठन भएको ।)
९) हालसम्मको रेकर्ड अनुसार सबैभन्दा वृद्ध फुटवल खेलाडी को हुन् ?
– इन्साक खायिक (इजरायल)
(नोट – ७३ वर्षिय खायिक इजरायलको क्लब ओर येहुदाबाट गोलरक्षक बनी फुटबल खेलेका थिए ।)
१०) विभिन्न समयमा भएका युद्धहरु झल्किने गरी “युद्ध स्मारक पार्क” कहाँ निर्माण हुदैछ ?
– किर्तिपुर
११) २०७५ साल चैत्र १७ गते बारा र पर्सा जिल्लामा विध्वशं मच्चाउने गरी आएको आँधी हुरीलाई के नामाकरण गरिएको छ ?
– टोर्नाडो
१२) समलिंगी विवाहलाई ढुंगाले हानेर मार्ने कानुन बनाउने देश कुन हो ?
– ब्रुनाई
१३) हालै महिला विभेद विरुद्धको यूएन समितिको उपाध्यक्षमा को नियुक्त भएकी छिन् ?
– बन्दना राणा
१४) पाँचौ महिला साफ फुटबल च्याम्पियनशीपको उपाधि कुन राष्ट्रले जित्यो ?
– भारत
(नोट – भारतले नेपाललाई फाइनलमा ३ का विरुद्ध १ गोलले पराजित गरेको हो ।)
१५) मानिसको वैज्ञानिक नाम होमो सेपिन्स हो भने भैंसीको वैज्ञानिक नाम के हो ?
– बुबालस बुबालिस
१६) राष्ट्रिय कलाश्री सम्मान २०७५ कसलाई प्रदान गरियो ?
– बैराँगी काईला
(नोट – उक्त पुरस्कारको राशी रु १ लाख रहेको छ ।)
१७) नेपालको पहिलो महिला सचिव को हुन् ?
– चन्द्रकला किरण
१८) “भिजन फाइभ मिलियन योजना” के हो ?
– प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सन् २०३० सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित तर्जुमा गरेको अभियान हो भिभजन फाइभ मिलियन योजना ।
१९) ओजोन तहको क्षयीकरण नाप्ने एकाई कुन हो ?
– डबसन
२०) चर्चित साहित्यिक उपन्यास “मृत्युको आयु” कृतिका लेखक को हुन् ?
– रवीन्द्र समीर
२१) काठमाण्डौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमश्रृंखला ६,१५१ मीटर उचाईको ग्याल्जेन हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला कहिले प्रवेश गर्यो ?
– २०७५ चैत्र २६
(नोट – माया गुरुङ, मिलन लामा र सर्मिला थापाको टोलीले आरोहण गरेको हो ।)
२२) नेपाल सरकारले देशमा विद्यमान रहेको पाँच वटै विकास क्षेत्र कहिले खारेज गर्ने निर्णय गर्यो ?
– २०७५ चैत्र २८
२३) स्मार्ट मिनि मोडल्स अफ द वल्र्ड २०१९ को उपाधि कसले जित्यो ?
– प्रिन्सा खड्का
२४) पछिल्लो समयमा सुडानमा सेनाद्धारा राष्ट्रपति ओमार अल बशीरलाई अपदस्थ गरी कहिले गिरफ्तार गर्यो ?
– २०१९ अप्रिल ११
२५) आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपाल आगमन गर्ने पर्यटक कति रहेका छन् ?
– करिब १७ प्रतिशत
२६) सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७५ अनुसार उच्चतम नाफा आर्जन गर्ने पाँच संस्थानको क्रम कुन सही छ ?
– नेपाल दूरसंचार कम्पनी लिमिटेड, नेपाल आयल निगम लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड
२७) भोयजर र अर्बिटर जस्ता यानहरु कुन ग्रहको खोज गर्न प्रक्षेपण गरिएका थिए ?
– बृहस्पति
२८) आइइसीका अनुसार विश्वमा सबैभन्दा बढी जलविद्युत उत्पादन गर्ने देश कुन हो ?
– चीन
२९) नेपालको पहिलो वन्यजन्तु अस्पताल कुन ठाउँमा रहेको छ ?
– चितवनको सौराहामा
३०) नेपाली नागरिकतामा अंग्रेजी भाषाको प्रयोग कहिलेबाट सुरु भयो ?
– २०६६ मंसिर १
