Logo

कम्प्युटर अपरेटर ७० हजार घुससहित पक्राउ



सर्लाही, १० पुस । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कम्प्युटर अपरेटर नवीन कुमार सिंह बुधबार दिउँसो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अपरेटर सिंहलाइ ७० हजारसहित पक्राउ गरेको हो ।

उद्योग दर्ता गर्न सहजीकरण गर्न सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा सिंहलाइ पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्