Logo

प्राविधिक समूहका १९ सहसचिवको सरुवा (को कहाँ परे ?)



काठमाडौं । सरकारले संघ अन्तर्गत १९ सहसचिवको पदस्थापन गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघका विभिन्न पदमा समायोजन भएका इन्जिनियरिङ र कृषि सेवाका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी विभिन्न प्रदेश तथा अन्तरमन्त्रालयमा पदस्थापना भएका हुन् । निजामती सेवा ऐन, ०४९ अनुसार सहसचिवहरूलाई प्रदेश सचिव र अन्तरमन्त्रालयमा पदस्थापन गरिएको हो ।
खानेपानी मन्त्रालयका मनोज घिमिरेलाई प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय र जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका नियाज वारिसलाई प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ ।
त्यस्तै, प्रदेश ३ का कौशल किशोर झा, गण्डकी प्रदेशका इश्वरचन्द्र मरहट्टा, प्रदेश ५ का रामचन्द्र दंगाल, कर्णाली प्रदेशका दानरत्न शाक्य र सुदुरपश्चिम प्रदेशका प्रदेश सचिवलाई इन्द्रदेव भट्टलाई साविककै भौतिक पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गरिएको छ ।
प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयका सागरकुमार राईलाई संघको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र प्रदेश २ को भौतिक पूर्वधार विकास मन्त्रालयका अनन्त आचार्यलाई राष्ट्रिय सर्तकता केन्द्रमा पदस्थापन गरिएको छ ।
यसैगरी संघमा समायोजन भएका कृषि सेवातर्फका सहसचिवलाई पनि अन्तर मन्त्रालय तथा प्रदेशमा पदस्थापन गरिएको छ ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका हस्तबहादुर विष्टलाई साविककै पद र निकायमा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का विजयचन्द्र झालाई प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका डा. योगेन्द्रकुमार कार्की र दुर्गाप्रसाद दवाडीलाई क्रमशः प्रदेश ३ र गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन गरिएको छ ।
यसैगरी केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र, बालाजुका बैकुण्ठ अधिकारी, कृषि तथा पशुपन्छी मन्त्रालयका राजेन्द्रप्रसाद भारी र पशुसेवा विभाग, ललितपुरका महेशराज विष्टलाई क्रमशः प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पदस्थापन गरिएको छ ।
प्रदेश २, गण्डकी र कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वंशी शर्मा, शरदचन्द्र श्रेष्ठ र शिवनारायण चौधरीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा सो अन्तर्गत पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्