Logo

गणपुरक संख्या नपुगेपछि अर्थ समितिको बैठक स्थगित



काठमाडौं, १० पुस । कोरम नपुगेपछि प्रतिनिधीसभा अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ। बिहीबार बिहान ११ बजेका लागि सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो ।

बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल लगायतका केही सदस्‍य उपस्थिती भएपनि करिब एक घण्टासम्म धेरै संस्यहरू नआएपछि बैठक स्थिगित गरिएको हो । समितिले चालु आर्थक वर्षको चौमासिक समिक्षाको विषयमा छलफल गर्नको लागि बैठक बोलाइएको हो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २० प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले लिए पनि पाँच महिना १० दिन बित्दा मेत १० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन ।

यसअघि बैठकमा विकासे मन्त्रालयका सचिवहरूलाई बोलाएर आफ्नो धारणा राख्‍न दिएको अर्थसमितिले बिहीबार छलफलको लागि बैठक डाकेको थियो ।

प्रतिक्रिया दिनुहोस्