Logo

ओली–प्रचण्ड छलफल सकियो



काठमाडौं, १५ पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच विहान १० बजेदेखि सुरू भएको बैठक झण्डै १२ बजेसम्म चलेको थियो ।

सभामुख चयनको बिषयमा उनीहरूबीच कुराकानी भएको दाहालनिकट स्रोतले बताएका छन् । स्रोतका अनुसार दुवै अध्यक्षबीच सभामुख चयनको विषयमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्