घुसकाण्डमा मुछिएका सिडिओ अख्तियारको नियन्त्रणमा

काठमाडौं, १५ पुस । गृह मन्त्रालयले निलम्बन गरेको उपसचिव खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि मंगलबार रिजाललाई पक्राउ गरेको हो ।
जिल्ला प्रशासन कार्यालय, दोलखामा तत्कालीन प्रमुख जिल्ला रहँदा उनले आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका अभियुक्तहरूलाई धरौटीमा रिहा गर्न घुस मागेको खुलेपछि गृह मन्त्रालयले निलम्बन गरेको थियो ।
केही समय अघि मन्त्रालयमा तानेर निलम्बन गरिएका रिजालमाथि भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गर्नुपर्ने देखिएपछि पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
