शैक्षिक सामान्यज्ञान

१) नेपालमा तीनधारा पाठशालाको स्थापना कहिले भएको थियो ?
क) विसं. १९४२ ख) विसं. १९४०
ग) विसं. १९४४ घ) विसं. १९४८
२) विद्यालय आधारभूत तहको शिक्षकका लागि कति योग्यता निर्धारण गरिएको छ ?
क) कम्तिमा प्रमाणपत्र ख) कम्तिमा स्नातक
ग) स्नातकोत्तर तह घ) अनुभवी मात्र
३) राष्ट्रिय पाठ्यक्रम विकास परिषदमा कति सदस्य रहने प्रावधान छ ?
क) ११ सदस्य ख) १५ सदस्य
ग) ९ सदस्य घ) १२ सदस्य
४) “शिक्षा मनोविज्ञान शिक्षाको विज्ञान हो ।” यो भनाइ कसको हो ?
क) क्रो एण्ड का्रे ख) वाट्सन
ग) पिल घ) प्याभ्लभ
५) माध्यमिक शिक्षा सहयोग कार्यक्रम व्यवस्थापन समितिमा कति जना सदस्य रहने व्यवस्था छ ?
क) ९ जना ख) ११ जना
ग) १३ जना घ) १५ जना
६) शिक्षक सेवा आयोगको सदस्यमा नियुक्तिका लागि कुन तहको शैक्षिक योग्यता कायम गरिएको छ ?
क) स्नातक तह ख) अनुसन्धान तह
ग) विद्यावारिधिको तह घ) स्नातकोत्तर तह
७) मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र पारित भएको दिन कुन हो ?
क) सन् १९४९ डिसेम्बर १० ख) सन् १९५८ डिसेम्बर १०
ग) सन् १९४८ डिसेम्बर १० घ) सन् १९५५ डिसेम्बर १०
८) शिक्षक अभिभावक संघका सदस्यहरुको पदावधि कति कायम गरिएको छ ?
क) ३ वर्ष ख) २ वर्ष
ग) ५ वर्ष घ) ४ वर्ष
९) सामुदायिक विद्यालयमा शिक्षकको स्थायी नियुक्ति कसले गर्दछ ?
क) जिल्ला शिक्षा अधिकारीले ख) विद्यालय व्यवस्थापन समितिले
ग) शिक्षा सेवा आयोगले घ) प्रधानाध्यापकले
१०) विद्यालयको प्रशासकीय प्रमुखका रुपमा प्रत्येक विद्यालयमा कसले काम गर्दछ ?
क) विद्यालय निरीक्षक ख) शिक्षक अभिभावक संघ
ग) प्रधानाध्यापक घ) विद्यालय व्यवस्थापन समिति
११) सार्क मुलुकमध्ये तीनवटा भाषामा शिक्षा दिने रणनीति अपनाउने राष्ट कुन हो ?
क) भारत ख) पाकिस्तान
ग) श्रीलंका घ) नेपाल
१२) सार्क देशहरुमध्ये बौद्ध धर्म दर्शनबाट बढी प्रभावित शिक्षा भएका देशहरु कुनकुन हुन् ?
क) बंगलादेश र श्रीलंका ख) भारत र माल्दिभ्स
ग) भारत र भूटान घ) श्रीलंका र भूटान
१३) नेपालमा कति वर्ष पुगेपछि बालबालिका कक्षा एकमा भर्ना हुने व्यवस्था गरिएको छ ?
क) ३ वर्ष ख) ५ वर्ष
ग) ६ वर्ष घ) उमेरको हद छैन
१४) कुनै पनि बालबालिकाको मानसिक तथा बौद्धिक विकास अन्तर्गत कुन पक्ष पर्दैन ?
क) भाषाको विकास ख) धारणाको विकास
ग) बुद्धि तथा बुझाइको विकास घ) संवेगात्मक विकास
१५) अध्यापनका लागि दैनिक पाठयोजनाको पहिलो अंग कुन हो ?
क) मूल्यांकन ख) शैक्षिक सामाग्री
ग) उद्देश्य घ) शिक्षण क्रियाकलाप
१६) विद्यार्थीको पठनपाठनका क्रममा दैनिक पाठयोजनामा नपर्ने अंग कुन हो ?
क) शैक्षिक सामाग्री ख) उद्देश्य
ग) शिक्षण क्रियाकलाप घ) परीक्षा
१७) नेपालको संविधान अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि कति वर्षको कायम हुनेछ ?
क) दुबैको पाँच पाँच वर्ष ख) छ वर्ष र पाँच वर्ष
ग) दुबैको छ छ वर्ष घ) दुबैको चार चार वर्ष
१८) राष्ट्रपतिको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था कति धारामा उल्लेख गरिएको छ ?
क) धारा ६५ मा ख) धारा ६६ मा
ग) धारा ६७ मा घ) धारा ६८ मा
१९) जङ्गबहादुर बेलायतबाट फर्केर आउँदा संगै ल्याएको प्रेसलाई के भनिन्थ्यो ?
क) पाशुपत प्रेस ख) गरुड प्रेस
ग) गिद्दे प्रेस घ) जनक प्रेस
२०) राणकालमा शिक्षकहरूलाई अन्न दिएर सञ्चालन गरिने पाठशालालाई के भनिन्थ्यो ?
क) भाषा पाठशाला ख) स्रेस्ता पाठशाला
ग) समूह पाठशाला घ) सञ्चरी पाठशाला
२१) नेपाली साहित्यमा महासमालोचक भनेर कुन साहित्यकारलाई भन्ने गरिन्छ ?
क) सत्यमोहन जोशी ख) तारानाथ शर्मा
ग) वासुदेव त्रिपाठी घ) मोहनराज शर्मा
उत्तरहरु :
१. क), २. ख), ३.घ), ४. ग), ५. क), ६. घ), ७. ग), ८. ख), ९. क), १०. ग), ११. क),
१२. घ), १३. ख), १४. घ), १५. ग), १६. घ), १७. क), १८. ख), १९. ग), २०. घ), २१. ग)
