Logo

तीन दिन वर्षा र हिमपातको सम्भावना



काठमाडौं, १६ पुस । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण बुधबारदेखि तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।

नेपालमा अहिले देशभरी नै आंशिक तथा सामान्य बदली हुने महाशाखाले जनाएको छ । बुधबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम बदली सँगै वर्षा रहिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बुधबार पहाडी र हिमाली भू-भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाड तथा तराईका १(२ स्थानहरुमा हल्का वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार पनि देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

मौसम विभागका अनुसार मंगलबार (हिजो) जुम्लामा सबैभन्दा कम जुम्लामा माइनस ४.९, काठमाडौंमा : १.५, भैरहवा : २.५, पोखरा : ४.५ न्युनतम तापक्रम मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्