Logo

माघ पहिलो साताभित्र किसानको पैसा तिर्न सरकारको निर्देशन



काठमाडौं, १६ पुस । आन्दोलनरत उखु किसानले यहि आउने माघ महिनाको पहिलो साता लिन बाँकी पैसा पाउने भएका छन् । सरकारले उखु किसानलाई पैसा तिर्न बाँकी रहेका चिनी मिल सञ्चालकलाई माघ पहिलो सातासम्म सबै पैसा तिर्न निर्देशन दिइसकेको छ ।

आन्दोलन गर्न काठमाडौं आएका उखु किसानसँग बुधबार मन्त्रालयमा भएको वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले माघको पहिलो सातासम्म सबै पैसा तिर्न मिल सञ्चालकलाई निर्देशन दिइएको बताएका हुन् ।

मिल सञ्चालकलाई पुस २५ गतेभित्र ८० प्रतिशत रकम तिर्न भनिएको छ । ‘महालक्ष्मी सुगर मिल्सले त पुस २५ मै सबै पैसा तिर्छु भन्दै प्रतिबद्धता समेत जनाएको छ । उनीहरुले सरकारको निर्देशन नमान्नेलाई कारबाही गर्ने प्रतिवद्धता पनि किसानसँग व्यक्त गरेका छन् ।

एक जना मिल सञ्चालकको मृत्यु भइसकेकाले उनको सम्पत्ति रोक्का गरेर भए पनि किसानलाई पैसा दिलाउने कार्यविधि समेत बन्दैछ । उखु किसानले भने मन्त्रीको आश्वासनको भर पर्न सकिने अवस्था नरहेको बताएका छन् ।

सरकारले यस्ता प्रतिवद्धता त यसअघि पनि दिएको हो। आश्वासनमै भर पर्न सकिन्नँ हामीहरू छलफल गरेर के गर्ने निर्णय गर्छौं,’ रायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्